इटालियन सिरिए ए को उपाधि युभेन्टको पोल्टामा

एजेन्सी

१२ साउन, काठमाण्डौं । क्रिस्टियानो रोनाल्डोको र फेडेरिको बर्नार्डेस्चीको मद्दतले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार नवौँ पटक सो माथि कब्जा जमाउन सफल भएको हो ।

उपाधिका लागि मात्र तीन अंक आवश्यक रहेको युभेन्टले आफ्ना पछिल्लो ५ खेलमध्ये मात्र १ मा जीत हासिल गरेको
थियो । पहिलो हाफको इन्जुरी समयमा रानाल्डोले गोल गर्दै युभेलाई अग्रता
दिलाए । दोस्रो हाफमा बर्नार्डेस्चीले गोल गर्दै युभेन्टको जीत सुनिश्चित भएको हो ।

खेलमा डानिलो, पाउलो डिबाला र म्याथियस डि लिट घाइते भए पनि रोनाल्डोले खेलको अन्त्यतिर पेनाल्टी मिस गर्दै क्लबको कीर्तिमान बराबरी गर्नबाट चुकेका थिए ।

अब युभेन्टसले काग्लियारी र रोमाको सामना गनेछ भने १२ दिनपछि च्याम्पियन्स लिगमा लियोनसँग भिड्नेछ ।