Breaking News

म्याग्दीमा पहिरो र बाढीको उच्च जोखिम चार पुल र एक मन्दीर बगायो

कदर न्यूज ब्यूरो , कृष्णबहादुर कार्की

६ साउन, बेनी । देशभर लगातार आएको बर्षाले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेको भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बगाएर बेपत्ता भएका बनाएको जानकारी कदर न्यूज ब्यूरो कृष्णबहादुर कार्कीले बताएका छन् । साथै बाढीले बेपत्ता गर्बुजाको खोजी भइरहेको छ ।

निरन्तरको वर्षाले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको पानीको वहा र बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ ।

बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र पुरानो मोटरेबल पुल पुरेको छ । घाँस खोलामा निर्माणाधिन अर्को मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले कदर सम्वाददातालाई बताएका छन् ।

म्याग्दीमा आएको बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ्ग–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ,’ रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिल्लर ठडाइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सटिङ्ग गरिएको थियो ।

रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ । मोटरेबल पुल निर्माणमा प्रयोग भएको एक्साभेटर (डोजर) र पार्कीङ गरेर राखिएको बस बगाएको छ ।

हिजो दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्से खोलामा ठूलो बाढी आएको थियो । विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्से खोला कालीगण्डकीमा मिसिन्छ । कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ ।

दानाको सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुल र रुप्से ब्लक उद्योग पनि बगाएको छ । दानामा निर्माणाधिन २२० केभी क्षमताको विद्युत सबस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकीले बस्तितर्फ कटान गर्न थालेपछि करिब सीमा प्रहरी चौकी, रेडक्रसको भवन लगायत तीस भन्दा बढी घर जोखिममा परेका छन् । नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तितर्फ कटान गरेको छ ।

सो क्षेत्रमा वरपरमा जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । कालीगण्डकी र रघुगंगा नदीको दोभान स्थित जलजला गाउपालिका–२ मा रहेको धार्मिक स्थल राममन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ ।

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालीग्राम शिलाको स्तम्भ बगाइसकेको छ । मन्दिर, पुजारी निवास र गलेश्वर देखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिर क्षेत्रमा करोडौ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको छ । सडक, मोटरेबल र झोलुङ्गे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवत जावत बन्द भएको छ ।

धौलागिरी हिमालको आसपासका क्षेत्रमा भारि वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगंगा नदी र सहायक खोलाहरुमा बाढीको सतह बढेको म्याग्दी सिडिओ ज्ञाननाथ ढकालले बताएका छन् ।

लेखक : कदर न्यूज ब्यूरो , कृष्णबहादुर कार्की