४ साउन, काठमाडौँ । निरन्तर वर्षाका कारण उपत्यकामा डुबानको खतरा रहेको विज्ञले बताएका छन् । केही दिनअघि देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पाँच दर्जनभन्दा बढीको मृत्यु र कयौं बेपत्ता छन् ।
मौसम पूर्वानुमान महाशाखाक अनुसार अबको केही दिन अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पानी पर्नेछ । जसले क्षति निम्त्याउन सक्नेतर्फ मौसमविद्ले सचेत हुन आग्रह गरेका छन् ।
सहरी योजनाकार पद्मसुन्दर जोशीका अनुसार निरन्तर वर्षा भइरहँदा काठमाडौं उपत्यकामा डुबानको खतरा हुनसक्छ ।
यो समाचार आजको राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन् ।