ओली हटाऔं, देश बचाऔं

स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ? नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ?

३ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजिक संजाल ट्यीटरबाट आफ्नो भनाई राख्ने क्रममा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै आज शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् । उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप पनि भट्टराईले लगाए । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’

प्रम२पउकजबचmबयष् िको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ । कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीय÷धार्मिक द्वेष, राज्यका अंग ! स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ? नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं देश बचाऔं ।