डिआइजीबाट एआइजीमा कार्की र शाही नियुक्त

३१ असार, काठमाण्डौ । नेपाल प्रहरीमा रिक्त रहेको एआइजीमा दुई जना डिआइजीहरुलाई गृह मन्त्रालयले आज प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।

आज गृह मन्त्रालयमा बसेको बढुवा सिफारिले गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

सेवा अवधी समाप्त भएको कारण एआइजी तारिणी प्रसाद लम्साल पनि अवकाश प्राप्त गरेपछि एआइजीको दुई पद रिक्त अवस्थामा रहेका थिए । नेपाल प्रहरीको नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त भएपछि २ एआइजीको पद रिक्त थियो ।