मान्छेको मन न हो, कतिबेला कुन कुराले दुख्छ के ठेगान

३१ असार, काठमाडौं । पूर्वमाओवादी केन्द्र हुँदै हाल नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी पटकपटक मन्त्री र एकपटक उपप्रधानमन्त्री बनिसकेका छन् । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत खासै चर्चामा नआएका उनलाई दुबै पक्षले आ–आफ्नै ढंगले व्याख्या गरेका छन् । एकथरि यतिखेर रायमाझी चालिस बर्षको संगत छाडेका लेखराज भट्टजस्तै प्रचण्डसँग असन्तुष्ट रहेको र अर्काथरिले उनी केपी ओलीसँग लपक्कै भएकाले अहिलेको बिबादमा खुल्न नचाहेको बताउँछन् ।

रायमाझीहरू माओवादीभित्र सँधै बाबुराम भट्टराई खेमाका रूपमा परिचित हुन् । भट्टराईमाथि धेरैपटक कारबाही हुँदासमेत उनीहरूले चट्टानी अडानका साथ उनलाई साथ दिएका थिए । अहिले विगतको त्यहि अन्तरबिरोधलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले निकै सावधानीका साथ ‘क्यास’ गरेको बताइन्छ । त्यसकारण रायमाझी उतैतिर ढल्किएका हुन् भन्ने बुझाई पनि एकथरि नेता–कार्यकर्ताको छ ।

उता हरिबोलचाहिँ प्रचण्डलाई आनीबानी सुधार,परिवार नच्याप,जो पायो उहिसँग नभेट, जिल्लातिरका कार्यकर्तासङ्ग आफै सम्पर्कमा बस भनी सल्लाह दिइरहन्छन् ! पोहोर माघमा भारतीय चलचित्र अवार्ड आइफा बितरण कार्यक्रम गर्न लागिएको बेला बालुवाटारमा भेट्न जाँदा भात खान ढिला भयो भनेर तर्काएकोरफर्काएको रिसले गजुरेल एक बर्षसम्म ओलीको सम्पर्कमै गएनन् ! यी पनि पार्टी फुट्ने भयो भन्ने लागेपछि अहिले जसरी पनि मिलाउनुपर्छ भन्ने तहमा पुगेका
छन् !

उता, खुमलटारसँग पनि रायमाझीहरूको बेलाबखत कुरा भइरहेको छ । तर,बालुवाटार र खुमलटारको परस्परबिरोधी प्रस्तावले मथिङ्गल खल्बलाएको हुनसक्ने उनलाई नजिकबाट चिन्नेहरू नै बताउँछन् ।

हुन तः यसअघि प्रचण्डको प्रस्तावमा रायमाझीलाई तत्कालीन माओवादी समूहको टिम लिडर अर्थात् उपप्रधानमन्त्री नै बनाइएको थियो । त्यतिबेला उनी एमालेभित्र थिए भनेपनि उपप्रधानमन्त्री हुने नेताको हैसियतमा नै पुगेका हुन्थेनन् । अहिले बादलले समेत उपप्रधानमन्त्री नपाएको बेला टोपबहादुरले त झन चान्स पाउने कुरै थिएन ! तर,माओवादीमा रहेका कारण चार वर्षअघि नै उक्त अवसर पाएकै हुन् । मान्छेको मन न हो, कतिबेला कुन कुराले दुख्छ के ठेगान !

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।