आज बार्षाका कारण बाढी आउन सक्ने पूर्वानुमान ठाउँहरु

२७ असार, काठमाडौं । देशभर दिन यता भइरहेको लगातार वर्षाका कारण मुलुकका धेरै नदीहरुको बहाव बढेको छ । जसले गर्दा कयौँ स्थानमा भूस्खलन तथा बाढी र डुबानको समस्या देखिएको छ । आज कन्काई, कोशी, कमला,बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काईमा जलस्तर खतरा आसपास पुग्न सक्ने महाशाखाको भनाइ छ । प्रदेश १ र २ को चुरे र तराईबाट बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । महाशाखाले भारतीय सीमा आसपास डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाद्धारा आज सम्भावित बाढी हुन सक्ने अनुमान यसप्रकार छ :