नेकपा स्थायी कमिटी बैठ सात दिन सम्म स्थगित

२६ असार, काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको छ ।

पार्टी भित्र देखिएको चरम विवाद र देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिको मध्यनजर गर्दै सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी के केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिनसम्म बैठक स्थगित गरिएको जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

गएको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल र मन माझामाझ भएपनि दुबै नेता आ–आफ्नै अडानबाट पछि हटेका छैनन् । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भने जारी रहेका छन् ।
पार्टी स्थायकी कमिटी बैठक आन्तरिक विवादले यसअघि पनि स्थगित हुँदै आएका शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो ।