म्याग्दीको बिभिन्न ठाउँमा पहिरो ९ जना बेपत्ता

रघुगंगा, अन्नपूर्ण र मुस्ताङ जोड्ने बेलिब्रिज पुल पूर्ण क्षति

२६ असार, म्याग्दी । हिजो रातीबाट आएको निरन्तर बर्षाका कारण गण्डकी प्रदेशको म्याग्दी जिल्लाको विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता हुनुका साथै पाँच घर बगाएको जनाइएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा पहिरोले सात जना वेपत्ता बनाएको छ । त्यस्तै घण्टीवाङबाट खसेको पहिरोले दुई परिवारका ७ जना वेपत्ता भएको मराङकाका वडा अध्यक्ष राजाराम सुवेदीले आफूलाई जानकारी दिएको कुरा कदर न्यूज गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीले फोन मार्फत् जानकारी दिएका छन् । पहिरोले भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको उनले बताए । राती भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । धनबहादुर भने घाईते भएर निस्केको वडा सदस्य लोकबहादुर पुनले कदर न्यूज संवाददातालई जानकारी दिएका छन ।

घण्टीवाङ गाउँ भिरालो पाखोमा रहेकाले पनि पहिरोको जोखिम एको बताइएको छ । सोही गाउँको माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोबाट विस्थापित भएका भइसकेका छन् । गाउँबाट निस्कने सबै बाटा पहिरोले बगाएको र अहिले पनि पहिरो खसिरहेकाले मान्छेहरु सुरक्षित बासस्थानका लागि हिडिरहेको पनि छन् ।

हिजो रातीकै निरन्तर बर्षाका कारण म्याग्दीकै मालिका गाउपालिका–७ बिमको दुलेमा गएको पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुई जना वेपत्ता भएका छन् । पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पु¥याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । तर मानवीय क्षेति भने भएको छैन । मान्छेहरु भागेर ज्यान जोगाएका छन् ।

गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीकाअनुसार हिजो राती आएको बर्षा र रघुगंगा नदीको पानीको बहावका कारण रघुगंगा पिप्ले साईटको मोटर पुलको भाग पूर्ण रुपमा क्षेति हुनुका साथै बाढीले बगाएको छ । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको जोड्ने सिमाना हो । नदीको पानी वहावले यातायात चल्ने बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्लामा चल्ने सवारी साधन बन्द भएका छन् ।

पानी निरन्तर आईरहेकाले जिल्लामा अरु क्षेत्रमा के कति क्षति भयो भन्ने एकिन नभएको कदर न्यूज संवाददाताले जानकारी दिएका छन् ।