काठमाण्डौ उपत्यका कति जोखिम

२४ असार, काठमाण्डौं । राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ । उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन् ।

हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन जना छन्। जसमध्ये ललितपुरका दुई जना र काठमाडौंका एक जना रहेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेले केही सातायता काठमाडौंमा संक्रमणको धेरै केस देखिएको बताए । ‘उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ । तर काठमाडौंमा अलि जोखिम देखिएको छ । विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ,’ डा. पाण्डेले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, उपत्यका बाहिर संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ । आइसोलेसनमा बस्नेहरूको संख्या पनि घट्दो छ । ७७ जिल्लामध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु, हुम्लामा कोरोना संक्रमण मुक्त छन । तर, काठमाडौंमा भने मंगलबार थप २८ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।