सामान्य विवादमा धारिलो हतियार प्रयोग गरी हत्या

२१ असार, कैलाली । सुदूरपश्चिमको कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । पुनर्वास नगरपालिका–५ मा हिजो शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ । सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीयहरु बताउँछन् ।