आज देशभर कहाँ कति थपिए कोरोना संक्रमित

२० असार, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज कहाँ कति थपिए एक रिर्पोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६र६ जनाको रिपोर्ट पनि पोजेटिभ आाएको छ ।

बाँके र झापाका ५–५ जना, रुपन्देही र नवलपरासीका ४–४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३–३ जना, प्युठान र रोल्पाका २–२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसेन सन्टरबाट २७२ जना डिस्चार्ज भएका हुन् ।