बझाङमा पहिरो आउँदा १७ घर पुरिए ७ जना बेपत्ता

२० असार, काठमाडौं । बर्खा लागेसँगै देशका ठाउँठाउँमा पहिरो जान थालेको छ । पहिरोले कयौंको ज्यान समेत लिइरेको अवस्थामा हिजो राती बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ ।

पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमका अनुसार पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’

गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी छ । साथै सोही पहिरोले सिंगो वस्ती नै पहिरोको चपेटामा परेको बताइएको ।