आज दही चिउरा खाएर धान दिवस बनाइदै

१५ असार, काठमाण्डौ । नेपाल कृषि प्रधान देश हो । नेपालीले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउने गर्दछन् । आज दिनभरी रोपाइँ गरी दिउँसो वा रोपाइँ सकेपछि दही च्यूरा खाएर धान दिवस आज मनाइँदैछ ।

वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कोरोना महामारीका कारण लकडाउन भए पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।