कैलाली गोदावरीका ५० बर्षे कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

१३ असार, चितवन । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषका चितवनको भरतपुर अस्पतालमा उपचाररत आज विहान ६ः३५ बजे मृत्यु भएको छ ।

हिजो शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको
थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए ।

उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।