सांसद ज्ञानबहादुर शाहीले गएराति फेसबुक लाइभमा रास्वपाका नेताहरुलाई गालीगलौज गरेको भिडियो अहिले भाइरल छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग जापानले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । गएराति फेसबुक लाइभमार्फत शाहीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विभागले सार्वजनिक रुपमा माफी माग्न भनेको छ ।
विभागले विज्ञप्ति जारी गर्दै जिम्मेवार जनप्रतिनिधिबाट आएको उक्त अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत रहेको जनाएको छ । ‘जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत छ’,विज्ञप्तिमा भनिएको छ,‘हामी उहाँलाई आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्न आग्रह गर्दछौं ।’
क्षमायाचना नगरेमा कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिएको छ ।

