Breaking News

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

१९ असार, काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सरकारी वकिलबाट पेशा सुरु गरेका उनले न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका
थिए ।

सिफारिससँगै उनले रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।

त्यस्तै परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका डा. सुब्बा डीआईजी भएर अवकाश भएका थिए ।

वाग्ले मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध थिए । हाल उनी सूचना प्रविधि विषयमा अध्ययन/अध्यापन गर्छन् । वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधीवक्ता) हुन् ।

२ वर्षअघि प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अवकाशसँगै नयाँ प्रमुख आयुक्त नियुक्त हुन नसक्दा कार्यबाहक कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत २१ फागुनको निर्वाचन गराएका थिए ।

भण्डारी पनि अर्कोसाता ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् । प्रमुख निर्वाचन आयुक्त थपलिया र निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको अवकाशपछि नयाँ आयुक्तहरू नियुक्त नगर्दा निर्वाचन आयोगमा दुई पदाधिकारी रिक्त थिए ।