Breaking News

धवल शम्शेर राणा र दुर्गा प्रसाईले नयाँ पार्टी खोल्दै

राप्रपाको महामन्त्रीबिाट राजीनामा दिएर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर पार्टी खोल्ने तयारी गरेका छन्।

प्रसाईंले पनि आफूले चलाउँदै आएको अभियान बिसर्जन गर्दै राणासँग मिलेर नयाँ पार्टी बनाउन लागेको छन् ।

गत जेठ २२ गते राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको थियो।

उक्त सहमतिसँगै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका थिए।

उनीहरूले संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर पार्टी बनाउन लागेका हुन्।