एक खेल बांकी छदै लिभरपुलको पोल्टामा इङ्गलिस प्रिपियर लिगको उपाधि

१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । हिजो बिहीबार राती लिभरपुलको कसैसंग प्रतिस्पर्धा थिएन । तर चेल्सीसंग म्यानचेस्टर सिटी २–१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो ।

च्याम्पियनसिपमा कब्जा जमाउन लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन ।

लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । तर १९८९–९० पछि ऊ पहिलो पटक च्याम्पियन बनेको हो । यो उपलब्धी हासिल गर्न उसलाई ३० वर्ष कुर्नु पर्यो ।

लिभरपुलले लिगमा ८६ अंक बटुलिसकेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ऊ २३ अंकले अगाडि छ । इङ्गलिस प्रिमियर लिगमा दुई टिमबीच यति धेरै अन्तर यसअघि देखिएको थिएन ।

लिभरपुलले अझै ७ खेल खेल्न बांकी छ । यति चांडै उपाधि जित्ने यो आफैंमा रेकर्ड हो ।