काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आयकरको स्ल्याब मा ठूलो हेरफेर गरेको छ। मध्यम वर्गको विस्तार गर्ने भन्दै बजेट ल्याएको सरकारले हाल रहेको आयकरमा उल्लेख्य परिवर्तन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार न्यून कर लाग्ने सीमालाई घटाएर उच्च दरको कर लाग्ने दायरालाई फराकिलो बनाइएको छ। यसले विशेषगरी मध्यम र उच्च आय भएका वर्गलाई थप करको भार पर्ने देखिएको छ।
चालु आर्थिक वर्ष २०८२र८३ मा ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्ने व्यवस्था रहेकोमा आगामी वर्ष २०८३र८४ देखि यसलाई बढाएर १० लाख रुपैयाँमा पुर्याइएको छ।
नयाँ स्ल्याबअनुसार मध्यम वर्गका लागि करको भार निकै कम गरिएको छ। यसअघि ५ लाख पछिको थप २ लाखमा १० प्रतिशत कर लाग्ने गरेकोमा अब १० लाख पछिको थप ५ लाखमा मात्र १० प्रतिशत कर लाग्नेछ ।
त्यस्तै, २० प्रतिशत कर लाग्ने दायरा पनि फराकिलो बनाइएको छ। सबैभन्दा ठूलो परिवर्तन उच्च आय हुनेहरूका लागि गरिएको छ। ५० लाख रुपैयाँभन्दा बढी आय हुनेहरूले यसअघि ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यसलाई १० प्रतिशतले घटाएर २९ प्रतिशतमा झारिएको छ।

