Breaking News

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन् ।

अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँबाट कुनै पनि दलको झन्डा, प्रचार सामग्री वा ब्यानरहरू हटाउनू भन्ने प्रधानमन्त्रीको निर्देशन छ।

यसअघि शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय अनुदान आयोग, त्रिवि लगायत विश्वविद्यालयका उपकुलपतिहरू सहित बसेर दलीय विद्यार्थी संगठनका संरचना हटाउन प्रहरी बलसमेत प्रयोग गर्न सकिने आसयसहितको निर्णय गरेका थिए।

चैत २० गतेको उक्त निर्णयमा ुदलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भए विश्वविद्यालय परिसरमै अस्थायीरस्थायी प्रकारको सुरक्षा युनिट व्यवस्थापन गर्नुपर्ने देखिए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् गृह मन्त्रालयमा अनुरोध गर्नेु भनिएको छ।

प्रधानमन्त्रीको यस प्रकारको निर्देशन उपर बिद्यार्थी संगठनहरुले बिरोध गरेका छन् ।

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अनुसार गरिएको हो। उक्त कार्यसूचीको बुँदा नम्बर ८६ मा विश्वविद्यालय परिसरबाट विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउने र त्यसको सट्टा ुस्टुडेन्ट काउन्सिलु वा ुभ्वाइस अफ स्टुडेन्टु स्थापना गर्ने उल्लेख छ।