Breaking News

काठमाडौंमा दुई रुटमा रात्रिकालीन बससेवा सुरु

नयाँ वर्षको आरम्भसँगै काठमाडौंमा रात्रिकालीन बससेवा सुरु गरिएको छ । हिजो बैशाख १ गते नयाँ वर्षको दिन साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा रात्रीकालीन सेवा सञ्चालन गरेको हो ।

थानकोट देखि गुज्रुधारा, नैकाप, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, भृकुटीमण्ड, सिंहदरबार, बबरमहल, बानेश्वर, तीनकुने सिनामंगलहुँदै एयरपोर्टसम्म त्यस्तै, बुढानीलकण्ठदेखि बासबारी, चक्रपथ नारायगोपाल चोक, टिचिङ, लाजिम्पाट, लैनचौर, जमल, रत्नपार्क, सहितगेट, त्रिपुरेश्वर, थापाथली, कुपोण्डोल, पुल्चोक, जवलाखेल, कुमारपाटी हुाँदै लगनखेलसम्म सेवा उपलब्ध हुनेछ । रात्रीकालीन सेवाका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ ।

सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ । यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ ।

साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ । यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ ।