Breaking News

पाटन दरबार स्क्वायर परिसरमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

हिजो बुधबार बेलुका ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु भएको छ।

हिजो राति दरबार स्क्वायरको कृष्ण मन्दिर अगाडि दुई दाजुभाईमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट ललितपुरको इमाडोल बस्ने सुमित नेम्वाङ र सिर्जन नेम्वाङ घाइते भएका थिए।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि बिएन्डबी अस्पताल ग्र्वाकोमा लगिएको थियो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बतायो ।

स्रोतका अनुसार प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका मध्ये छुरा प्रहार गर्ने सन्जिब नेपाली छन्।

प्रहरीका अनुसार सुमित नेम्वाङले फोनमार्फत कसैलाई गाली गर्न खोजेका थिए। तर गलत नम्बर परेपछि सन्जिब नेपालीलाई लागेको
थियो।

गालीगलौज भएपछि सन्जिबले मंगलबजारमा भेट्न बोलाएका थिए। त्यस क्रममा कृष्णमन्दिर पुगेपछि त्यहाँ छुरा प्रहार भएको प्रहरीको भनाइ छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।