‘अब ४८ घण्टा मात्र बाँकी छ, नत्र गम्भीर परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले भनेका थिए । यसको जवाफमा इरानको खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टरले कडा सन्देश दिएको हो । मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी आक्रमण भएमा त्यससँग सम्बन्धित सबै संरचना र इजरायलसँग जोडिएका पूर्वाधारमा लगातार हमला गर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘यदि आक्रमण भयो भने, हामीले भनेका सबै कुरा कार्यान्वयन गर्नेछौँ । यसको अर्थ स्पष्ट छ– तिमीहरूका लागि नर्कको ढोका खुल्नेछन् ।’
यसैबीच, मुख्यालयका प्रवक्ता कर्नल इब्राहिम जुल्फकारीले पनि भिडियो सन्देश जारी गर्दै यदि तनाव बढ्यो भने सम्पूर्ण क्षेत्र अस्थिर बन्न सक्ने चेतावनी दिएका छन् । उनले इरानलाई कमजोर ठान्नु ठूलो भ्रम हुने र त्यसले विपक्षीहरूलाई गम्भीर परिणाममा पुर्याउन सक्ने बताएका छन् ।
यो घटनाले अमेरिका–इरानबीचको तनाव अझ बढ्ने संकेत देखिएको छ, जसले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्ने विश्लेषण गरिएको छ ।

