फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर निर्वाचन परिणाम समेत आईसकेर रास्वपाको नेतृत्वमा बहुमतको सरकार गठन भइसकेको छ । सम्पन्न निर्वाचनबाट राम्रो नतिजा ल्याउन नसके पनि एजेण्डाको बारेमा आफुहरुले जितेको बताएका छन, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले । प्रचण्डले भने आफूहरूको त्याग र बलिदानीकै कारण समावेशिताको मुद्दा स्थापित भएको बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, फागुन २१ को निर्वाचनमा पार्टीले कम सिट ल्याएपनि आफूहरूको मुद्दाले जितेको भन्दै उनले सन्तुष्टि व्यक्त गरे ।
जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको जनयुद्धलाई जाने प्रचण्डको भनाइ छ । त्यसक्रममा उनले सुशासन र व्यवस्थाको रक्षाका लागि संसदबाट रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता पनि जनाए ।
बालेन्द्र साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग समेत बताए प्रचण्डले ।

