Breaking News

नयाँ सरकारले रोकिएका सञ्चार सम्बन्धी कानुनहरू तत्काल अगाडि बढाउन अध्यक्ष शर्माको जोड

काठमाडौं । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस । यस अवसरमा महासंघ अध्यक्ष निर्मला शर्माले शभकामना दिने क्रममा रास्वपा नेतृत्वको झण्डै दुई तिहाइको नयाँ सरकारले रोकिएका सञ्चार सम्बन्धी कानुनहरू तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।

अध्यक्ष शर्माले वर्तमान सरकारले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य गर्ने विश्वास व्यक्त गरिन् । लामो समयदेखि रोकिएका सञ्चार सम्बन्धी कानुन र अन्य आवश्यक कानुनहरू महासंघसहित सरोकारवाला पक्षसँगको छलफलमा तत्काल ल्याउन सरकारसँग आग्रह गर्दछु ।’

त्यस्तै, उनले राजनीतिक परिवर्तन र विभिन्न आन्दोलन ९जेन्जी आन्दोलन लगायत० का क्रममा क्षति व्यहोरेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूलाई सरकारले तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग समेत गरिन् । बलियो सरकारले पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उनको ठहर छ ।