Breaking News

पूर्णबहादुर खड्काले फेरि पनि यस्तो हर्कत गरे कारवाही हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी अधिकार बिना पटकपटक पार्टीको ल्याटरप्याटमा आफ्नो हस्ताक्षर सहित बिज्ञाप्ति आएपछि अब उप्रान्त पनि यस्तो खालका विज्ञाप्ति आएको खण्डमा पार्टीले कारबाही संकेत दिएको छ। खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेपछि कारबाही गरिने लागेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए ।

पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्ने कुरा पार्टीको मर्यादा र अनुशासनभित्रको कुरा नभएको बताएका छन् । उनले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय भएकालाई यसलाई पार्टीले गम्भीर रूपमा हेरेको बताएका छन् ।

उनले आज पदाधिकारीको बैठक सोबारे छलफल हुने बताएका छन् । उनले खड्काको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा पनि छलफल हुने जानकारी गराएका थिए । कांग्रेसले क्रियाशील सदस्यता सबैले अद्यावधिक गर्ने निर्णय गरेको छ।