काठमाडौं । सरकारले एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गरेपछि एमाले सडक संघर्षमा उत्रिएको छ । हिजो बिहान ओलीलाई पक्राउ गरेपछि एमालेका नेता कार्यकर्ताहरुले देशभर प्रदर्शन गरेका थिए ।
हिजै एमाले सचिवालय बैठकको निर्णय अनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा सरकारले प्रतिवेदन कार्यान्यवन गर्ने निर्णय गरेसँगै ओेली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

