काठमाडौं । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै अनलाइन मिडिया देखि सोसल मिडियामा सर्वत्र छाएको छ । प्रतिवेदनले त्यस बेलाका तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकदेखि उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख देखि तल्लो तहका कर्मचारीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको ‘जेन्जी आन्दोलन जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । प्रतिवेदनले अरू कसैलाई होइन, त्यसबेला सत्ता सम्हालेका तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीको सिफारिस गरेको छ । यसैगरी, आयोगले नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्रकुवेर खापुङदेखि सशस्त्र प्रहरी बलका आईजीपीसम्म कारबाही गर्नुपर्ने औँल्याएको छ । त्यति मात्रै होइन, अहिलेको प्रहरी नेतृत्वमा रहेका आईजीपी दानबहादुर कार्कीलाई समेत कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।
आयोगले कारबाहीको लागि सिफारिस गरेको उच्च अधिकारीहरू
केपी शर्मा ओलीः तत्कालीन प्रधानमन्त्री
रमेश लेखकः तत्कालीन गृहमन्त्री
गोकर्णमणि दुवाडीः तत्कालीन गृहसचिव
छविराज रिजालः तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौँ
कारबाही सिफारिस नेपाल प्रहरीका अधिकारीहरू–
चन्द्रकुवेर खापुङः तत्कालीन आईजीपी, नेपाल, प्रहरी
दानबहादुर कार्कीः तत्कालीन अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी
सिद्धिबिक्रम शाहः प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख
ओमबहादुर रानाः प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी
विश्व अधिकारीः प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर
दीप शम्शेर जबराः प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी
ऋषिराम कँडेलः प्रहरी उपरीक्षक, विशेष कार्यदल
कारबाही सिफारिस सशस्त्र प्रहरी बलका अधिकारीहरू–
राजु अर्यालः तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक
नारायणदत्त पौडेलः सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर
सुरेश कुमार श्रेष्ठः सशस्त्र प्रहरी नायव महानिरीक्षक, वाहिनीपति
जीवन केसीः सशस्त्र प्रहरी उपरीक्षक, विपद उद्धार
कारबाही सिफारिस राष्ट्रिय अनुसन्धान विभाग–
हुतराज थापा: तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
कृष्णप्रसाद खनाल: सह–निर्देशक, उपत्यका अभियान महाशाखा
रिबेन कुमार गच्छदार: सह–अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख
कारबाही सिफारिस नेपाली सेनाका अधिकारीहरू–
अशोकराज सिग्देल, प्रधानसेनापति
मनोज बैदवारः सहायक रथी, शीतल निवास सुरक्षा टोली प्रमुख
दिवाकर खड्का: प्रमुख सेनानी, प्रधानमन्त्री निवास सुरक्षा टोली प्रमुख
गणेश खड्का: प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख
सन्तोष ढुङ्गेल: सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख
भ्रामक सूचना फैलाउने सोसल मिडिया इन्फ्लुएन्सर
टंक दाहाल
सुजन ढकाल
शिव परियार
हिमेश पन्त
भाग्य न्यौपाने
त्यसैगरी भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका टीओबी ग्रुपका मोटरसाइकलमा आएका व्यक्तिहरूमाथि पनि छानबिन गर्न सिफारिस गरिउको छ ।

