Breaking News

अबको दिनमा नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्ष भएर अगाडी बढ्छ – सभापति गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएपछि पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्दै गगनलाई पुनः समापतिमा कायम राख्ने निर्णय गरेपपछि आज काँग्रेसको केन्द्र्रीय कमिटी बैठक सभापति थापाको अध्यक्षतामा बसेको छ । थापाले केन्द्रीय कमिटीको आजको बैठकमा बोल्ने क्रममा अबका दिनमा नेपाली काँग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर अगाडी बढ्ने बताए ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताएका हुन् । ‘संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गछौं । २०८२ देखि २०८७ सम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेसको सहयोग र साथ रहन्छ, अबको पाँच वर्ष कुनै पनि द्वन्द्व र दुर्घटना नआउने गरी भूमिका निर्वाह गर्छौँ ।

प्रतिकूल अवस्थामा निर्वाचनमा होमिनु परेको बताउँदै सभापति थापाले निर्वाचन परिणामपश्चात् जवाफदेही भएर सभापति पदबाट राजीनामा दिएको बताए । ‘मेरो अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको छ, बाँकी ठिक बेठिकको निर्णय आगामी महाधिवेशनले गर्छ, अब हामी महाधिवेशनतर्फ अगाडि
बढ्छौँ ।

सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकको विशिष्ट अपेक्षा रहेको उल्लेख गरे । उनले अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रस्ट छानबिन गर्नुपर्नेमा जोड दिए ।

‘२०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गरेर जानुपर्छ, अवैध सम्पत्ति जफत गर्नुपर्छ, यसका लागि आयोग बनाएर जानुपर्छ । निर्वाचनको विषयमा पार्टीको समीक्षा भइसकेको र आजको बैठकबाट निर्णय गरेर सातै प्रदेशमा समीक्षा गरिने जानकारी दिए ।