Breaking News

नयाँ मन्त्रीमण्डल १८ सदस्यीय गठनको प्रयास

काठमाडौं । हालै सम्पनन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगभग तुईतिहाई जति सिट जित्न सफल भएपछि रास्वपाले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।

एक नेताका अनुसार केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको बताए । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं ।

उनका अनुसार चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए ।