काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको नतिजा सार्वजनिक गरिएको
छ । सुरुमा प्रत्यक्ष तर्फको नतिजासँगै समानुपातिकको पनि सिट बाँडफाँड गरिएको छ । दलहरुको मतभार अनुसार निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले हिजो बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो ।
प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले २० सिट । प्रत्नयक्षमा ८ ९ सिट जितेको नेकपा एमालेले १६ सिट। प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ९ सिट । प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले ४ सिट र प्रत्यक्षमा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४ सिट पाएका छन् ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) मत सदर भएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आर्यागले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने ६ दललाई सिट संख्या निर्धारण गरिएको हो।


