Breaking News

उत्तर कोरियाले इरानमाथि भएको अमेरिका र इजरायलको आक्रमणको निन्दा

उत्तर कोरियाले इरानमाथि भएको अमेरिका र इजरायलको आक्रमणको निन्दा गरेको छ । उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले बुधबार दिएको वक्तव्यमा यस्तो आक्रमणले क्षेत्रीय शान्ति नष्ट गर्दै विश्वव्यापी अस्थिरता बढाएको आरोप लगाइएको छ ।

राज्य सञ्चालित समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार प्योङयाङले इरानको राजनीतिक प्रणालीमा बाह्य हस्तक्षेपको पनि आलोचना गरेको छ । अर्को देशको सरकारलाई कमजोर पार्ने उद्देश्यले गरिने धम्कीपूर्ण अभिव्यक्ति र सैन्य कारबाही अस्वीकार्य हुने चेतावनी दिएको छ ।

यसैबीच उत्तर कोरियाले विज्ञहरूको सभाद्वारा नयाँ सर्वोच्च नेता चयन गर्ने निर्णयलाई सम्मान गर्ने जनाएको छ । उक्त निर्णय इरानी जनताको अधिकार र छनोटलाई प्रतिबिम्बित गर्ने बताइएको छ ।