राष्ट्रपतिले आज साँझ ५ बजे पूर्व प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई शितल निवासमा सामुहिक छलफलमा बोलाइन

१० असार, काठमाण्डौ । राष्ट्रपति निवास सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग आज बुधबार साँझ शितल निवासमा सामुहिक छलफल गर्ने बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई साँझ पाँच बजे शितल निवास बोलाइएको जानकारी दिए ।

‘कोरोनाभाइरसको महामारी, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लागिएको बताइएको छ ।