जुम्लामा एक जनप्रतिनिधि छिमेकीबाट कुटिएकी छन् । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलमाथि छिमेकी आइते सार्कीको परिवारले कुटपिट गरेको हो ।
रावललाई कुट्न हिजो साँझ सार्कीसहित उनका छोरा, दुई छोरी र बुहारी घरमै पुगेको बताइएको छ । कुटपिटबाट घाइते भएकी रावल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन् ।
कुटपिटको ठोस कारण खुलेको छैन । यद्यपि, रावलका श्रीमान भक्तबहादुरले पुरानो लेनदेनको विषयलाई लिएर भ्रम सिर्जना भएपछि सार्की परिवार आक्रमणमा उत्रिएको बताएका छन् । सार्की परिवारविरुद्ध प्रहरीमा जाहेरी दिइसकेको पनि उनले जानकारी दिए ।

