रामेछाप । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप नगरपालिका–२ मा निर्वाचन सामाग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी आज दुर्घटना भएको छ ।
रामेछापको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी ले जानकारी गराएको छ ।
उक्त गाडीमा ११ जना सवार थिए। उनीहरूमध्ये ३ जनाले गाडीबाट हाम फालेका ज्यान जोगाएका थिए।
गाडी दुर्घटना घटनास्थलमै एक जनाको मृत्यु भएको थियो
दुर्घटना गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।
घाइते ३ जना महिला र ४ जना पुरूषलाई उद्धार गरिएको सेनाले जनाएको छ।

