Breaking News

दुर्गा प्रसाईं फेरी पक्राउ

दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन्।

आज बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।

उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रसाईं पटकपटक गरी धेरै पटक पक्राउ परेका छन् गएको फागुन ४ गते पनि पक्राउ परेका थिए।

सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते छुटेका थिए।
प्रसाइैं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।