काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले अस्ति आफ्नो खुट्टाको उपचारको लागि सामाजिक संजालबाट एन्फाले उपचारको लागि पहल नगरेको भन्दै घुडाको अप्रेसनको लागि आवश्यक खर्चको समस्या भएको भनेर सार्वजनिक गरेकी थिइन ।
कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि करिब एक करोडको हाराहारीमा खर्च लाग्ने समेत बताएकी थिइन ।
भण्डारीले सहयोगको मागेको २४ घन्टामै डेढ करोडभन्दा बडी रकम उठेपछि उनले उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको र सबै समर्थकप्रउनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएकोसमेत उल्लेख गरेकी छन् ।
भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन् । अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ ।
उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा रु एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब रु ४५ लाख ५२ हजार न्युजिल्यान्ड डलर सङ्कलन भइसकेको जानकारी दिएकी छन् ।
भण्डारीले आफ्नो उपचारकोे लागि प्रयाप्त रकम पुगेकाले अबदेखि आफ्नो खातामा रकम सहयोग नगर्न समेत भनेकी छन् ।
उनले आज सामाजिक संजालबाटै यसो भनेकी हुन् ।

