सवारी पास बनाईदिने भन्दै रकम असुल्ने एक लेखापढी व्यवसायी पक्राउ

१० असार, काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउन खुकुलो भएपनि आवतजावतमा भने कठिनाइ नै छ । कतै जानु परेको खण्डमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास लिएर मात्र जानुपर्ने भएकाले अहिले त्यसका कार्यमा गिहोरो नै लागि परेको छ । यस्तै घटना घटेको छ । एक जना लेखापढी व्यवसायले आफुले सावारी पास सहजै बनाइदिने भन्दै घुस लिने उनलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो मंगलबार पक्राउ गरेको हो ।

सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए ।

उनलाई घुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिकको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।