वीरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ च ९७७७ नं. को गाडी मकवानपुर दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
आज बिहान ६ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सुकौरा बेसीस्थित कुलेखानी–काठमाडौं सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
बिहानीपख गाडीका चालक निदाउँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
गाडी सडकबाट ३० मिटर तल खसेको थियो।
दुर्घटनामा कलैया उपमहानगर–२ का ३८ वर्षीय चालक विजय यादव, गाडीका धनी ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी ४० वर्षीया श्रीमती शोभा गुप्ता र १६ वर्षीय अनमोल गुप्ता घाइते छन्। शोभाको टाउकोमा चोट लागेको हुँदा गम्भीर रहेको प्रहरीले जनाएको छ। अरू तीन जनाको अवस्था मध्यम छ।

