Breaking News

बङ्गलादेश आमनिर्वाचनमा नेसनलिस्ट पार्टीलाई स्पष्ट बहुमत पूर्वप्रधानमन्त्री हसिनाद्धारा निर्वाचन परिणाम अस्वीकार

ढाका । बङ्गलादेशमा हिजो भएको आमनिर्वाचनमा नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ।
निर्वाचन मतपरिणाम पछि बीएनपीको स्पष्ट बहुमतसँगै खालिदा जियाका छोरा तारिक रहमान अब बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका रहमानले दुई क्षेत्रबाट चुनाव जितेका छन्।

निर्वाचनमा जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट प्राप्त गरेको छ। जमातका प्रमुख शफिकुर रहमानले १५ बाट जित हासिल गरेका छन्।

बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाको दल अवामी लिगलाई निर्वाचन प्रक्रियामा प्रतिबन्ध लगाएर निर्वाचन प्रक्रियाबाटै बाहिर राखेर चुनाव गरिएको थियो ।

तर बंगलादेशमा हिजो सम्पन्न निर्वाचन मतपरिणाम पछि पूर्व प्रधानमन्त्री शेख हसिनाले सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी (अवामी लिग) लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन्।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, ुमोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङ अन्तर्गत यो देखावटी चुनाव गराइएको हो। जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन।ु

हसिनाले भने मुख्य प्रतिस्पर्धी छन्। १५ वर्षसम्म बङ्गलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो।

हसिनाले भने रहमानको नेतृत्व र वर्तमान निर्वाचन प्रक्रिया दुवैलाई अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको बताएकी छन्।