काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई निर्वाचन प्रयोजनका लागि केही थान गाडी उपहार दिएको छ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोही अनुरूप भारत सरकारले गाडी उपलब्ध गराएको हो।
भारत सरकारले साना–ठुला गरी करिब ६५० वटा गाडी उपलब्ध गराएको छ।
भारतबाट आएका गाडीहरू जलेको सिंहदरबार अगाडि पार्किङ गरिएरको राखिएको छ

