Breaking News

आईसीसी टी–२० विश्वकप : हिजो भएको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा २०२६ को हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याट्सम्यान लोकेश बम क्रिजमा रहे पनि जित दिलाउन सकेनन्।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएका थिए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि, छैटौं ओभरमा कुशल भुर्तेल पनि पवेलियन फर्किए। भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्कासहित २९ रन जोडेका थिए।

दुवै ओपनर आउट भएपछि नेपाल ४२/२ को स्थितिमा पुगेको थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए। तेस्रो विकेटका लागि उनीहरूले ८२ रनको साझेदारी गरे, जसले इंग्ल्यान्डलाई केही समय दबाबमा राखेको थियो।

आज तीन खेल हुँदै :

आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।

नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्।

कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।

स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।

दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्।

समूह बी मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।

समूह डी बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ।्

आज तीन खेल हुँदै