बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ। हाल्सम्म २६८१५०७६३ भुक्तानी भएको सो सडकको ५०% भौतिक र ५६ % बित्तीय प्रगती भएको जनाइएको छ । अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गर्नुभयो ।
भौतिक पूर्बाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले सो आयोजनामा रकम अभाव नरहेको र हालसम्म कुनै ब्यबधान नआएको अबस्थामा समयमै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो । प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल,,सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहित बिभागिय कार्यालय का इन्जिनियर ,प्राबिधिक ,कर्मचारी सहित सरोकारवाला उपभोक्ताको सहभागितामा अनुगमन सम्पन्न गरिएको हो।

