नेपाली बजारमा सुनचाँदीको मूल्यले उतार चढाव लिने क्रममा आज सुन घटेको छ ।
अस्ति शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आइतबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।
शुक्रबार तोलामा सात हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

