Breaking News

म अझै केही वर्ष राजनीतिमा सक्रिय रहन्छु

१७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज सोलुखुम्बुमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफु ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।

प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ । विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए ।