सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनका अनुसार बढेको रकम आगामी फागुन १ गतेदेखि लागू हुने छ । रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको उनले बताए । उनले कति रकम वृद्धि गरिएको हो भन्नेबारे भने बताएनन् ।

