१४ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदैछ । सन् २००७ मा भारतबाट सुरु भएको टी–२० विश्वकपको यो १०औं संस्करण हो र टी–२० विश्वकप फेरि एक पटक दक्षिण एसियामा हुँदैछ ।
क्रिकेटको छोटो स्वरुप र रोमाञ्चक फर्म्याट टी–२० विश्वकपमा उत्कृष्ट राष्ट्रहरू खेल्दैछन् । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकपमा २० टिमको सहभागिता रहनेछ ।
नेपालमा निर्वाचनको माहोल तात्दैछ । तर भारत र श्रीलंका टी–२० विश्वकप आयोजनाका लागि तयार छ । नेपालको पनि लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता हुँदैछ ।
श्रीलंकामा पहिलो चरणको तयारी गरेर नेपाली टिम हाल भारतको मुम्बई पुगिसकेको छ । दोस्रो चरणको तयारीपछि नेपालले चेन्नईमा अफिसियल वार्म अप खेलहरू खेल्नेछ । त्यसपछि विश्वकपको समूह चरणको खेलहरू खेल्न फेरी मुम्बईमै फर्कनेछ ।
भारत साविक विजेता समेत हो । यस पटक घरेलु मैदानमै टी–२० विश्वकपको उपाधि रक्षा गर्ने योजनामा भारत छ ।
यस्तै एक मात्र नयाँ टोलीले टी–२० विश्वकप खेल्दैछ । युरोपियन राष्ट्र इटली पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको हो र स्कटल्यान्ड विरुद्ध पहिलो खेल खेल्दै टी–२० विश्वकपमा डेब्यु गर्दैछ ।
आईसीसी टी–२० विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड्सबीच एसएससी कोलोम्बोमा हुनेछ । सोही दिन वेस्ट इन्डिज र स्कटल्यान्डबीच कोलकतामा खेल हुनेछ भने आयोजक भारतले अमेरिकासँग मुम्बईमा खेल्नेछ ।
फाइनल खेल मार्च ८ मा अहमदाबादरकोलोम्बोमा हुनेछ ।
विश्वकपको समूह चरणमा कूल ४० खेल हुनेछ । यस्तै सुपर एट चरणमा १२ खेल हुनेछ भने सेमिफाइनल २ अनि फाइनल १ गरी कूल ५५ खेल हुनेछ ।
यी हुन् सहभागी २० टोली
आईसीसी टी–२० विश्वकप २०२६ का लागि एसियाबाट सर्वाधिक ७ टोलीले खेल्दैछन् । जसमा आयोजकद्वय भारत र श्रीलंकासँगै अफगानिस्तान, पाकिस्तान, नेपाल, ओमान, युएई छन् ।
यस्तै युरोपबाट (इंग्ल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, इटली र स्कटल्यान्डं), अफ्रिकाबाट (दक्षिण अफ्रिका, जिम्बाबे, नामिबिया), अमेरिकाजबाट (अमेरिका, क्यानडा), क्यारेबियनबाट (वेस्ट इन्डिज) तथा ओसियाना क्षेत्रबाट (अस्ट्रेलिया, न्युजिल्यान्ड) टिमले विश्वकप खेल्नेछन् ।
सुरुमा एसियाकै बंगलादेशले पनि खेल्ने भनिएकोमा पछि बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा नखेल्ने र श्रीलंकामा आफ्नो खेल सार्न आग्रह गरेको थियो ।
तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अन्तिम समयमा खेल सार्न सम्भव नभएको र पूर्व निर्धारित तालिका अनुसार नै बंगलादेशले भारतमै खेल्ने र अन्यता बंगलादेशलाई हटाएर अर्को टिम सहभागी गराउने जनाएको थियो ।
बंगलादेशले भारत नखेल्ने अडान कायम राख्यो । त्यसपछि आईसीसीले बंगलादेशलाई हटाएर उच्च वरियताको टिम स्कटल्यान्डलाई सहभागी गराएको हो ।
आयोजक : भारत, श्रीलंका
२०२४ को विश्वकप प्रदर्शनका आधारमा ः अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, वेष्ट इन्डिज
उच्च वरियताको आधारमा : आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड , बंगलादेशलाई हटाएपछि स्कटल्यान्ड उच्च वरियताका आधारमा छानिएको
हो ।
क्षेत्रीय छनोटबाट : नेपाल, ओमान र युएई (एसिया) इएपी, इटली र नेदरल्यान्ड्स (युरोप), नामिबिया र जिम्बाबे (अफ्रिका), क्यानडा (अमेरिका)
समूह विभाजन :
समूह ए : भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान, अमेरिका
समूह बी : अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका, जिम्बाबे
समूह सी : इंग्ल्याण्ड, इटली, नेपाल, स्कटल्यान्ड८, वेष्ट इन्डिज,
समूह डी : अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युएई
कहाँद्दकहाँ हुन्छ खेलहरू :
यस पटक भारत र श्रीलंकामा खेलहरू हुँदैछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम, चेन्नईको एमए चिदाबरम स्टेडियम, दिल्लीको अरुण जेट्ली स्टेडियम, कोलकताको इडेन गार्डेन्स र मुम्बईको वाङ्खडे स्टेडियममा विश्वकपका खेलहरू हुनेछन् ।
यस्तै श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमादासा स्टेडियममा र एसएससी क्रिकेट ग्राउण्ड तथा क्यान्डीको पल्लेकेले क्रिकेट स्टेडियममा विश्वकपका खेलहरू हुनेछ ।
आर प्रेमादासामा सेमिफाइनल र फाइनल सहित (पाकिस्तान फाइनल पुगेमा) १० खेल हुनेछ ।
यस्तै मुम्बईमा दोस्रो सेमिफाइनलसहित ८ खेल हुनेछ भने अहमदाबाद, चेन्नई, कोलकता र क्यान्डीमा समान ७ खेल हुनेछ । दिल्लीमा ६ र एसएससी क्रिकेट ग्राउन्डमा ५ खेल हुनेछ ।
नेपालका ४ खेलसहित ८ खेलहरू हुने वाङ्खडे स्टेडियम
पहिलो सेमिफाइनल कोलकता र फाइनल खेल अहमेदाबादमा हुने तालिका छ । तर यदि पाकिस्तान सेमिफाइनल र फाइनल पुगेमा दुवै खेल श्रीलंकामा हुनेछ ।
पाकिस्तान सेमिफाइनल पुगेमा पहिलो सेमिफाइनल कोलोम्बोमा हुनेछ । दोस्रो सेमिफाइनल भने मुम्बईमा हुनेछ ।
यस्तै पाकिस्तान फाइनल पुगेमा फाइनल खेल कोलोम्बोमा हुनेछ भने पाकिस्तान फाइनल नपुगे भारतको अहमदाबादमा फाइनल खेल हुनेछ
यी हुन् अहिलेसम्म टी–२० विश्वकप जित्ने राष्ट्र
अहिलेसम्म जम्मा ६ राष्ट्रले टीद्द२० विश्वकपको उपाधि जितेका छन् । जसमा तीन राष्ट्र दक्षिण एसियाका छन् ।
दक्षिण एसियामा भारतले २ तथा पाकिस्तान र श्रीलंकाले समान एक पटक जितेको छ ।
यस्तै इंग्ल्याण्ड र वेस्ट इन्डिजले पनि समान दुई तथा अस्ट्रेलियाले एक पटक जितेको छ ।

