काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । यसै क्रममा आज बुधबार सुनको मूल्यले रेर्कट नै राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
हिजो मङ्गलबार सुन ३ लाख ९ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ हजार ३०० कायम भएको छ । यसअघि हिजो ६ हजार ८७० कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

