Breaking News

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा युवराज सफल पक्राउ

काठमाडौं। प्रहरीले युवराज सफल भनेर युवराज पौडेललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

सफलमाथि महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ । सफलले महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्र प्राप्त पाएलगत्तै सफललाई पक्राउ गरेको हो । पक्राउ परेका सफललाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।